News

प्रचण्डलाई पक्राउ गर्न काङ्ग्रेस सांसदको माग

काठमाडौं। नेपाली कांग्रेसकी सांसद हीरादेवी गुरुङले पाँच हजार मान्छे मा’रेको हुँ भन्दै सार्वजनिक अभिव्यक्ति दिने व्यक्तिलाई किन कानुनी दायरामा नल्याइएको भन्दै प्रश्न गरेकी छिन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा, केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले यु द्धकालमा मा’रिएकामध्ये पाँच हजारको जिम्मा लिने बताएको प्रसंग उल्लेख गर्दै यो प्रश्न उठाएकी हुन् ।

दाहालले पाँच हजार आफूले र १२ हजार राजामहाराजाले मा’रेको तर्क गरेका थिए ।

सांसद गुरुङले भनिन्, ‘पाँच हजार मा’रेको छु भनेर सार्वजनिक अभिव्यक्ति दिनेलाई कानुनी दायरामा ल्याउन नसक्ने सरकार पूर्ण रूपमा अ परा धी र विभिन्न का’ण्डैका’ण्ड मालिकको संरक्षक हो भन्दा फरक पर्दैन ।’

ठूलालाई चैन, सानालाई ऐन चरितार्थ भएको भन्दै उनले लोकतन्त्रको प्रत्याभूति भनेको कानुनी राज्य र न्यायको अनुभूति दिलाउनु भएकोमा ध्यानाकर्षण गराइन् ।

Related Articles

Back to top button
Close