News

सन्दीप लामिछानेले दिने भए गौतम बुद्ध रंगशालालाई ७० हजार ७ सय ८४ रुपैयाँ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंग शालालाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन् । उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८) बराबर रंगशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका छन् ।

सन्दीपले नेपालसहित ओमान र अमेरिका सम्मिलित शृंखलाको अन्तिम खेलमा बुधबार अमेरिकाविरुद्ध ६ विकेट लिएका छन्। उनले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ६ विकेट हात पारेका हुन्। उनले १६ रन खर्चिए। त्यस्तै उनले शनिबार अमेरिका सँगकै पहिलो खेलमा २ विकेट लिएका थिए । यससँगै उनको कुल ८ विकेट भएको हो ।

ओमानसँगको दुवै खेलमा भने सन्दीप विकेट लिन सकेका थिएनन् । लेग स्पिनर सन्दीप लामिछाने नेपालका लागि ओडीआई क्रिकेटमा एकै खेलमा सर्वाधिक विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । गत वर्ष भएको खेलमा नेपालका सोमपाल कामीले यूएई टुरको दोस्रो खेलमा ५ विकेट लिएका थिए ।

Related Articles

Back to top button
Close