News

विजय चौधरीलाई विनापैसा ६ वर्षदेखि घ’रेलु काममा लगाएका थिए कार्की परिवारले !

काठमान्डौ ,पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको ह’त्या गरेर आ’त्मह’त्या गरेको भनिएका विजय चौधरी दाङ लमहीका हुन् । विजयको गाउ“मा स’न्नाटा छ, छोराको श’व बुझ्न ५० वर्षीय बाबु मंगलबार बिहानै काठमाडौं हिडेका छन् भने ४५ वर्षीया बि’रामी आमालाई घ’टनाबारे जानकारी नै छैन । पूर्वसचिव कार्की दाङको लमहीस्थित प्रगन्ना सिँचाइ आयोजनाको कार्यालय प्रमुख भएकाले विजय काठमाडौं आउने सं’योग जु’रेको हो । कार्कीले पहिले लममहीका आसिवन चौधरीलाई घरेलु का’मदार बनाएर काठमाडौं ल्याएका थिए ।

६ वर्षअघि कार्की नेपाल विद्युत् प्राधिकरणको प्रमुख बनेको वेला आसिवनलाई प्राधिकरणको लमहीस्थित शाखामा जागिर ल’गाइदिए । आसिवनले पनि गुन तिर्न विजय चौधरीलाई कार्कीको घरमा घ’रेलु का’मदार बनाइदिएका हुन् । ‘मैले पनि पहिले कार्की सरको घरमा काम गरेको थिएँ । मैले जागिर गर्ने भएपछि कार्कीसरको घरमा मान्छे चाहियो । मैले नै विजयको घरपरिवारसँग सल्लाह गरेर काममा लगाइदिएको हो ।’ आफन्तहरूका अनुुसार ६ कक्षासम्म पढेर छाडेका विजय का’मदारको रूपमा कार्कीनिवासमा प्र’वेश गर्दा विजय १६ वर्षका थिए ।

विजयलाई कार्कीको घरमा स’रसफाइलगायत काम लगाइएको थियो । तर, कति पैसा पाउने भन्ने नि’र्धारण गरिएको थिएन । ‘छोराको पढाइ थिएन, कार्की सरले राम्रो जागिर ल’गाइदिने भनेपछि कार्कीको केही समय घरमा काम गर्न पठाएको हुँ’ विजयका बाबु जानकी चौधरीले भने, ‘छोराले घरमा काम गरे वा’पत केही पैसा पाइएला भन्ने आशा त थियो, तर ६ वर्षसम्म छोराले एक पैसा पनि पठाएन । तलबबारे कुनै सल्लाह नै नभएकोले हामीले माग्न पनि सकेनौं ।’ जागिर अथवा पैसा केही नपाएपनि छोराले आफुहरू सँग कुनै गु’नासो नगरेको पनि उनले बताए ।

काम मिलाइदिएका आसिवनले पनि विजयको पारीश्रमिक नि’र्धारण नगरिएको बताए । ‘ तलब प’क्का गरिएको थिएन । तर, ६ वर्षसम्म कार्की परिवारसँग विजय र उनको परिवारको कुनै म’नमुटाव भएको पनि सुनिएन,’ आसिवनले भने, ‘किन यस्तो घ’टना भयो अ’चम्म परेको छु ।’ चौधरी परिवारका अनुसार विजय अघिल्लो वर्ष तिहारयता घर आएका थिएनन् । तर, बाबुआमासँग फोनमा कुराकानी भइरहन्थ्यो । साता दिनअघि मात्रै उनले बुबा जानकीलाई फोन गरेर कार्की परिवारका लागि तोरीको तेल र मसुरोको दाल पठाइदिन भनेका थिए ।

‘उसले काम गर्ने घरको लागि तोरीको पाँच लिटर तेल र पाँच किलो मसुरोको दाल पठाइदिन भनेको थियो,’ जानकीले भने, ‘छोरासँगको अ’न्तिम कुराकानी नै त्यही थियो ।’ कार्की सरले ड्राइभिङ लाइसेन्स नि’कालिदिन लागेको खबर पनि त्यतिवेला छोराले सुनाएको जानकीले बताए । विजयले ह’त्या गरेर आ’त्मह’त्या गरेको पत्याउन अ’प्ठ्यारो परिरहेको आफन्त र छिमेकीहरू बताउँछन् । बोल्नसमेत लजाउने विजयले यत्रो अ’पराध गरेको भनेर प’त्याउन नसकेको ठूलीआमा अनारकली चौधरीले बताइन् । ‘कहिल्यै झ’गडा गरेको थाहा पाइएन ।

ऊ त धेरै बोल्दा पनि बोल्दैनथ्यो,’ अनारकलीले भनिन् ‘यत्रो घटना गरायो भनेर कसरी प’त्याउनू ? तर प्रमाण जे बोल्छ, हामीले मान्नै पर्‍यो’ लमही–२ का वडासचिवसमेत रहेका स्थानीय रामभजन चौधरीले पनि गाउँमा छँदा विजय शान्त स्व’भावको भएको बताए । ‘म पनि छिमेकी नै हुँ। उसले कहिल्यै झ’गडा गरेको थाहा पाइएन । तर, त्यति ठूलो घ’टना गरायो भन्ने सुन्दा पत्याउन गा’ह्रो भइरहेको छ,’ उनले भने । विजयका २० र १८ वर्षका दुई भाइ छन् ।नया पत्रिकामा खबर छ ।

Related Articles

Back to top button
Close