News

सुटिङ खेलमा नेपालकै बेइज्जत: पे’स्तोल नभएपछि प्रतिस्पर्धीसंगै मागेर खेल्दै खेलाडी

काठमाडौं। ललितपुरको सातदोबाटोमा दक्षिण एसियाली खेलकुद अन्तर्गत (साग) को प्रतिस्पर्धामा नेपालकै बेइज्जत भएको छ । प्रतिस्पर्धाका लागि खेलाडीहरु त छन् तर खेल्ने साधन नभएका कारण देशकै बेइज्जत भइरहेको छ। खेलाडीहरु प्रतिस्पर्धीसंगै साधन मागेर खेलिरहेका छन् ।

सुटिङ खेलका लागि पुगेका नेपाली खेलाडीहरू प्रतिस्पर्धी देशहरूसँग हति यार र गो ली मागेर सहभागिता जनाइरहेका छन्। नेपाली टोलीसंग एउटा मात्र पे स्तोल छ त्यो पनि २० वर्ष पुरानो । हति यार नै नभएपछि खेलाडीले श्रीलंकासंग मागेर खेलेको छ । नेपाल २५ मिटरको सेन्टर फा यरमा पहिलोपटक सहभागी भएको हो ।

नेपाली संग भएको २० वर्ष पुरानो पे स्तोल पनि दस मिटर रेन्जमा मात्र प्र हार गर्ने क्षमताको छ । त्यो पनि बारम्बार प्र हार गर्दा बिग्रन्छ । सागमा सहभागी ९ खेलाडीहरूले तयारी समेत त्यही एउटा पेस्तो लबाट गरेका थिए। पालैपालो लाइन लागेर एउटै पे स्तोलवाट तयारी गरेका खेलाडीको मनोबल पनि खस्किएको छ ।

त्यही एउटा हति यार बोकेर सुटिङ खेल्न पुगेका नेपाली खेलाडीको प्रदर्शन निराशाजक छ। १० मिटरका सुटर विजय कार्की धेरै फा यर गर्दा हति यारमा समस्या आएको बताउँछन्। राम्रोसंग तयारी गर्न नपाएका कारण खेलाडीहरूको स्कोर घटिराखेको छ । उनीहरुले त्यही एउटा पे स्तोलमा चिनियाँ गो ली प्रयोग गरेर तयारी गरेका थिए । अहिलेसम्म जर्मन गो ली प्रयोग गर्न नपाएका खेलाडी एकातिर निराश छन् भने अर्कोतिर देशकै बेइज्जत भइरहेको छ । सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले पे स्तोल नभएको बताए ।

Related Articles

Back to top button
Close