भिडियो

५० लाख सम्पति सहित परपुरुषसँग भागेकी नकुलकी श्रीमती अनुपा भारतको केरेलामा बाटैमा भेटिएपछी समातेर श्रीमानले ल्याउदै नेपाल

केही दिन देखि सामाजिक सञ्जालमा निकै चर्चा पाएको नकुल अधिकारी र अनुपाको घटनामा नयाँ ट्वीष्ट आएको छ । अनुपा भारतको केरलामा फेला परेपछि घटनाले अर्को रुप लिएको हो ।

झण्डै ५० लाख बढीको सम्पत्ती लिएर दुई बच्चा सहित श्रीमती सम्पर्क विहिन भएपछि तनहुँका नकुल अधिकारी दुई महिना यता खोजीमा थिए । श्रीमती अनुपा अधिकारी सम्पर्क विहिन भएकी हुन् । नकुल दुवईमा रहेर वैदेशिक रोजगारीमा थिए । दुई महिना भन्दा लामो समय देखि उनको श्रीमती छोराछोरी सहित सम्पर्क विहिन भएपछि उनी पनि रुँदै मिडियामा आएका छन् । हराएकी श्रीमती खोज्न नकुल तीन दिन तिन रातको रेल र बसको यात्रा गरेर भारतको केरला पुगेका थिए । केरलाको पानामार भन्ने स्थानमा रहेकी अनुपालाई लिन नकुल अधिकारी भारतीय प्रहरीको सहयोगमा पुगेका थिए ।

दुवईमा दुख गरेर कमाएर बैंकमा राखेको पैसा श्रीमानलाई थाहा नदिएर निकालेको, छिमेकीमा पनि ऋण नै ऋण बनाएर श्रीमती सम्पर्क विहिन भएकी थिइन् । कक्षा ७ मा पढ्दा देखि प्रेम गरेर विवाह गरेकी श्रीमतीले यस्तो गर्छिन होला भनेर नकुलले सोचेका पनि थिएनन् । १३ वर्ष सम्म दुवईमा बसेर कमाएका नकुल अहिले घर आउँदा घरमा न श्रीमती छन् न त छोराछोरी ।

केरालामा श्रीमती फेला परेपछि भने नकुल आफ्ना छोराछोरीलाई भेट्न पाउने भएँ भन्दै खुसी भएका थिए । यता अनुपालाई लिएर गएका कुमार कार्कीको श्रीमती पनि प्रहरी कार्यालयमा श्रीमानलाई कुरेर बसेकी थिइन् । विवाह भएको १५ वर्ष पछि कुमार कार्की भन्ने ब्यक्तिसंग आफ्नो श्रीमती गएको नकुलको भनाई छ । कार्कीले आफ्नो श्रीमतीसंग म्यासेन्जरमा कुरा गरिरहेको आफुले थाहा पाएको उनले बताए । नकुलको श्रीमती लिएर जाने कुमार पनि दुवईमा बस्दै आएका थिए ।

तृष्णा जन्मिदा उनी नेपालमा थिए तर कान्छी छोरी तृप्तीलाई प्रत्यक्ष अनुहार पनि हेर्न पाएका छैनन् । कान्छी छोरीलाई राम्रोसंग चिन्न पनि पाइन् । विदेशी भूमीमा आफुले दुख गरेर भएपनि छोरीलाई डाक्टर बनाउने उनको चाहना थियो । उनी भन्छन् छोरीलाई डक्टर बनाउन चाहन्थे तर अहिले मलाई अहिले दौडने बनाएकी छ ।

अहिले जो संग आफ्नो श्रीमती भागेर गइन् त्यो कुमार कार्कीलाई श्रीमतीले मामाको छोरा भनेर चिनाएको बताइन् । पहिला पनि कुरा गरिरहेको थाहा पाएको थिए तर मामाको छोरा भनेपछि मैले नराम्रो सोच्ने कुरा पनि भएन । दुवईवाट फर्कदा आफुभन्दा दुई साता पहिला कुमार आएको र आफ्नो श्रीमतीलाई लिएर गएको उनले बताए

Related Articles

Back to top button
Close