News

अब आउने चुनाबमा म आफै काङ्ग्रेसलाई भोट हाल्दिनँ, जनताले पनि हाल्नु हुँदैन : नेतृ कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्नै पाटीलाई भोट नहाल्ने बताएकी छिन् । उनले कांग्रेसमा विवाद कायम रहे अर्को चुनावमा आफुले पनि भोट नहाल्ने बताउदै पार्टीको जित शून्य हुने बताएकी हुन्।

नेपाल प्रेस युनियन रूपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीभित्र भइरहेको विवादले पार्टीको लोकप्रियता गुम्दै गएको बताएकी छिन। पार्टीको विवाद र झगडा देखेर त मलाई पनि अर्को चुनावमा भोट हाल्दा मेरो हात काँप्छ जस्तो लाग्न थालेको बताएकी थिइन।

उनले पार्टीको विवादप्रति असन्तुष्टि व्यक्त गर्दै भनिन् ‘म पार्टीमा यति समय लागेँ, त्यत्रो मानेको नेता गिरिजाप्रसाद कोइरालाको छोरी, मलाई नै कांग्रेसको शैलीप्रति चित्त बुझेको छैन भन्दै जनतालाई चित्त बुझ्ने काम पाटी गर्न नसकेको बताइन।

उनले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी कमजोर बनिरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । सभापतिले आफूलाई मात्रै हेर्ने हो कि पूरा पार्टी र जनताको फाइदा हेर्नुपर्यो नि, सधैँभरि आफ्नै फाइदा हेरेर पार्टी बन्दैन, उनले भनिन् ‘यसरी हुँदैन, पार्टी बनाउने हो भने सबैलाई मिलाएर अघि बढ्नुपर्छ।’

उनले पार्टीमा भइरहेको विवादका कारण आफू निष्क्रिय हुँदै गएको बताएकी थिइन ।उनले निर्मला हत्याकाण्डमा सरकारको लापरबाही देखिएको भन्दै यो विषयमा आवाज उठाएर दोषीलाई कारबाही गराउन दबाब दिनुपर्ने बताएकी थिइन।

Related Articles

Back to top button
Close