News

मुना कार्की ह’त्याः डोरीले घाँटीमा क’सेर घि’सारे, पिर्काले हि’र्काएर मा’रे

सेवा निवृत्त सचिव अर्जुन कार्कीकी श्रीमती मुना अधिकारी (कार्की)को ह’त्यामा कामदार विजय चौधरी संलग्न रहेको देखिएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कार्कीको घरमा काम गर्ने विजयले डोरीले घाँ’टीमा क’सी पिर्काले हि’काएर मुनाको ह’त्या गरेको देखिएको हो ।घ’टनाको अनुसन्धानमा जुटेको प्रहरीले अहिले पूर्व सचिव कार्कीको घरको सीसीटीभी फुटेजको अध्ययन गरिरहेको छ । सीसीटीभी फुटेजमा कामदार चौधरीले मुनामाथि आ’क्रमण गरेको देखिएको छ ।

‘सीसीटीभी फुटेज हेर्दा दुवै जनाबीच केही कुरामा बोलाबोल भएको जस्तो देखिन्छ । त्यसपछि कामदार (विजय)ले हातमा रहेको डोरीले मृ’तक (मुना)को घाँ’टीमा क’सेर भूइँमा ल’डाउँछन् । केही परसम्म डोरीले घाँटीमा बाँधेर डो¥याउँछन् । त्यसपछि विजयले मुनामाथि लगातारजसो पिर्काले प्र’हार गरेको देखिन्छ,’ घ’टनाको अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका एक अधिकारीले भने ।

अ’पराध महाशाखाका अधिकारीका अनुसार उक्त दृश्य घरको भान्सा छिर्ने ढोका छेउमा जडान गरिएको सीसी क्यामेरामा कैद भएको थियो ।‘यो घ’टना एउटा झ’गडाबाट शुरु भएको देखिन्छ । तर, उनीहरुबीच झ’गडा किन भयो भन्ने विषय अहिले नै खुल्न सकेको छैन,’ अप’राध महाशाखाका ती अधिकारी भन्छन् ।

प्रहरीका अनुसार मुनालाई बेहो’स् अवस्थामा फेला पारिएको ठाउँमा एउटा प्लास्टिकको पिर्का समेत फेला परेको छ । उक्त पिर्काको केही भाग भाँ’चिएको पनि छ ।पूर्व कार्कीकी श्रीमती मुना सोमबार बिहान सानेपास्थित आफ्नै निवासमा गम्भी’र घाइ’ते अवस्था’मा फे’ला परेकी थिइन् ।आक्र’मणबाट रक’ताम्य अवस्थामा फेला परेकी कार्कीलाई उपचारका लागि ललितपुरको स्टार अस्पतालमा लगिए पनि चिकित्सकहरुले उप’चारकै क्रममा मृ’त्यु भएको घोषणा गरेका थिए ।

सोमबार बिहानै उठेर पूजाका लागि पशुपतिनाथ मन्दिर गएका पूर्व सचिव अर्जुन कार्कीले घर पुग्दा श्रीमती मुनालाई र’कताम्य अवस्थामा फेला पारेका थिए । घरमा काम गर्ने दाङ स्थायी घर भएका विजय चौधरी पनि मृ’त अव’स्थामा फे’ला परेका थिए ।कामदार चौधरीको श’व झु’न्डिएको अवस्था’मा फे’ला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीको शरीरमा भने कुनै चो’टपटक छैन ।

Related Articles

Back to top button
Close