News

त्रिभुवन विमानस्थलमा झोलाभित्रै शिशुकाे शव भेटियाे

काठमाडौं / त्रिभुवन विमानस्थलमा जेब्रा झोलाभित्र शिशुको शव फेला परेको छ । विमानस्थलको गोल्डेन गेट नजिकको झाडीमा जेब्रा झोलाभित्र हालेर फालिएको शिशुको शव भेटिएको हो ।

भर्खरै जन्मिएकी बालिका शिशुको शव कसले फालेको भन्ने नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाउने तयारी गरिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -फाइल फोटो

अन्य समाचार

काठमाडौँ, माघ २५ । लोकप्रिय गायक सुनिल गिरीको नयाँ गीत रोगै पिरतीको म्यूजिक भिडियो सार्वजनिक भएको छ । तनहुँ आसपासका स्थानमा गाउँले परिवेशमा तयार पारिएको भिडियो हेर्दा हरेक प्रेमील जोडीले आफ्नो वैशाँलु उमेरमा बिताएको प्रेम र विछोडका विभिन्न चरणहरुलाई जीवन्त शैलीमा भिडियोमा प्रस्तुत गर्न निर्देशक अनिलकृष्ण मानन्धर सफल देखिएका छन् । सार्वजनिक गीतमा गायक गिरीले सुन्दरी मोडल सदिक्षा क्षेत्रीसँग गरेको अभिनय लोभलाग्दो छ ।

भिडियो हेर्दा लाग्छ उनी गायक नभई चलचित्रमा अभिनय गर्ने नायक हुन् । सुनिलसँग अनस्क्रिन रोमान्स गरेकी सदिक्षा अभिनयमा यसरी डुबेकी छन् की लाग्छ सुनिलकै वास्तविक जीवनकै प्रेमीका हुन् । प्रेमको औषधीका कुरा, सपनाका कुरा, खोली किनारामा बालुवाको महल ठडाएका कुरा गरेकी प्रेमीका आँखै अगाडी अर्कैले सिन्दुर भरेको दृश्य सहन भएको छैन गायक सुनिललाई ।

गायक गिरीकै कन्सेप्टमा तयार भएको गीतका शब्द शृजना पनि गायक गिरीकै हुन् । मनोज कार्कीको सम्पादन तथा मोसन ग्राफिक रहेको भिडियोमा गायक गिरी र सदिक्षाका अलावा बिनोद अधिकारीको पनि अभिनय देख्न सकिन्छ । निर्देशक मानन्धरकै छायांकन रहेको गीतको एजेन्ज, कम्पोज पनि गायक गिरीकै हो ।

गायक गिरी ग्रामिण परिवेशमा देखिने प्रेम वियोगका प्रेम जोडीका कथाहरुलाई मौलिक शैलीमा जस्ताको त्यस्तै चित्रित गर्ने गायक रुपमा परिचित छन् । गायक गिरीले केही समय अगाडी मात्रै जाम क्यारे माया बोलको गीतको अपार सफलतापछि बजारमा ल्याएको रोगै पिरती रिलिज गरिए लगत्तै निकै राम्रो प्रतिक्रिया आइरहेको जानकारी दिए । भिडियो गायक गिरीकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

Related Articles

Back to top button
Close