News

मुना कार्की ह”त्या प्रकरण : सिसिटिभी फुटेजमा यस्तो देखियो

काठमाडौं । मन्त्रालयका पूर्व सचिव अर्जुन कार्कीको घरमा भएको रक्ताम्य घटनामा सचिवकी पत्नी मुनाको पनि मृ,त्यु भएको छ । पूर्व सचिव कार्कीको घरमा साेमबार बिहान र’क्ताम्य घटनामा भएको हाे ।

घटनामा कामदार बिशेष चाैधरी मृ’त र सचिव पत्नी मुना रक्ताम्य अवस्थामा अचेत भेटिएकी थिइन् । रगतले लत्पत्तिएकाे अवस्थामा अचेत भेटिएकी मुनालाई अस्पताल पुर्याएपछि मृ’त्यु भएकाे पुष्टि गरिएकाे हाे ।

घटना कसले, किन र कसरी गरायाे ? भन्ने बारे खुलिसकेकाे छैन । घटनास्थल प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक कार्कीको घरमा राखिएको सिसिटिभी फुटेर हेरेर मुना कार्की ह*त्या कामदारले नै गरेको बताएको छ । मुनालाई पिर्काले हिर्काई घाटीमा डोरीले कसेको फुटेजमा देखिएको प्रहरीले बताएको छ ।

Related Articles

Back to top button
Close