News

कुकुरलाई बचाउन लाग्दा आफै सेती नदीको खोँचमा खसेका युवकको यसरी गरियो सकुशल उद्दार, हेर्नुहोस तस्विरहरु

काठमाडौं, माघ २७- पोखरामा सेती नदीको खोँचमा अड्किएका युवकको सकुशल उद्दार गरिएको छ ।पोखरा महानगरपालिका(९ पार्वती टोलस्थित सेती नदीको खोँचमा आफ्नो कुकुर अड्किएपछि कुकुरलाई बचाउन लाग्दा २३ वर्षीय आकाश गुरुङ आफै खोचमा खस्न पुगेका थिए ।

उनलाई आज नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गरेको हो । खोचमा फसेका गुरुङलाई स्थानीयहरुले देखी प्रहरीलाई खबर गरेपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उद्धार गरेको हो । खोचबाट सकुशल उद्दार गरिएका उनको अबस्था सामान्य रहेको बताइएको छ ।

Related Articles

Back to top button
Close