Video

पूर्वसचिवकी पत्नी मुना र उनको घरमा काम गर्ने बिजय आफ्नै घरमा मृ*त फेला (भिडियो)

काठमाडौं । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती आफ्नै घरमा घाइते अवस्थामा फेला परपछि उनको अपचारका क्रममा नि*धन भएको छ । सोमबार बिहान १० बजे ललितपुरको सानेपास्थित आफ्नै निवासमा मंगलबार बिहान घाइते भेटिएकी पूर्वसचिव कार्कीकी श्रीमती मुना कार्कीको स्टार अस्पतालमा उपचारका क्रममा नि*धन भएको हो ।

कार्की सहित उनको घरमा ५ वर्षदेखि काम गर्दै आएका कामदार विजय चौधरीको पनि श*व फेला परेको छ । चौधरीले आ*त्मह-त्या गरेको प्र-हरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र हालसम्म कसैलाई नियन्त्रणमा नलिएको महानगरीय अ*पराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए ।

प्र*हरीका अनुसार उनकै घरमा राखिएका कामदारले ह त्या प्रयास गरेर आ त्म *हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मुनाका पति कार्की विभिन्न भष्ट्राचार आरोप खेपेका पूर्वसचिव हुन् । पूर्ननिर्माण प्राधिकरणमा रहदाँ पीडितका पाल र जस्तापातामा, नेपाल ट्रष्टमा रहदाँ यति समुहलाई ट्रष्टको जग्गा कमिशन लिएर कौडीमा सुम्पेको जस्ता धेरै बिषयमा अख्तियारले छानबिन गरिरहेको छ । उनी नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाको कारवाहीमा पनि परेका थिए । कार्कीका दुई छोरी र एक छोरा छन् । कार्कीका दुई छोरी विदेशमा छन् भने १२ वर्षका छोरा स्कुलमा अध्ययनरत छन् । पूर्वसचिव कार्की मन्दिर गएर घर फर्किदा यो अवस्था देखेपछि तत्कालै आफन्तको सहयोगमा अस्पताल पुर्याको बताएका छन् ।
हेर्नुहोस् भिडियो

Related Articles

Back to top button
Close