Video

डर र ध:म्कीमा हिजो कुरा लुकाएकी थिए भन्दै रेविकाले आज खोलि पोल (भिडियो सहित )

उत्पन्न परिस्थितिले झन त्यो घटनालाई रहस्यमय बनाएको छ । एकातिर त्यो भिडियामा कु टाई खाने मेरो छोरी कल्पना चौधरी हो भन्दै आमा मिडियामा आएकी छन् भने अर्कोतिर कु टाई खाने म हो भन्दै रेविका विश्वकर्मा मिडियामा छन् ।

छोरी माघ ४ गते देखि हराईरहेका कारण कल्पनाको आमाले खोजीका लागि प्रहरी प्रशासन र मिडियामा गु हार माग्दै आएकी थिइन् । तर कल्पनाको कतै पत्ता लागेको थिएन । तर अकस्मात उनले एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको देखिन् । त्यो भिडियो हेर्दा उनलाई कु टाई खाने आफ्नो छोरी हो भन्ने लाग्यो । त्यो किशोरीले लगाएको लुगा, जुत्ता लगायतका कुरा सबै मिल्थ्यो । घरवाट निस्कदा आफ्नो छोरीले जे लुगा लगाएको थिइन् त्यही लुगा र हुलियाको किशोरीलाई ६ जनाले गरेको देखेपछि उनी अ’त्ता’लिँदै फेरी मिडिया र प्रहरी प्रशासनको ढोका ढकढक्याउन पुगिन् ।

अहिले त्यो भिडियोमा देखिएको केटीलाई लिएर दुई पक्षबीच आफ्नो आफ्नो दावी प्रस्तुत भइरहेको छ । कल्पनाको आमाले कु टाई खाने किशोरी आफ्नै छोरी भएको र त्यो घटनालाई लुकाउन नयाँ घटना बनाइएको दावी गर्दै महानगरिय प्रहरी कार्यालय टेकु पुगेकी छन् । यता दमकवाट भिडियो प्रस्तुत गर्नेहरुले भने त्यो किशोरी कल्पना होइन रेविका हो भन्दै रेविकासंगको अन्तरवार्ता सहितको भिडियो सार्वजनिक गरीरहेका छन् । जसका कारण भिडियो हेर्नेहरु नै कन्फ्युज भइरहेका छन् ।

हिँजो दमकवाट सार्वजनिक भएको भिडियोमा आफुलाई कु ट पि ट गर्ने साथीलाई माफि दिइसकेको बताउने रेविका आज फेरी बोली फेरेकी छन् । उनले आफु हिँजो डरका कारण केही बोल्न नसकेको र अहिले आफुलाई गर्नेलाई कानुुनी कारवाही हुनुपर्ने माग लिएर फेरी मिडियामा आएकी छन् । रेविकाले आफ्ना साथीहरुलाई जेलमा प्रहरीले नलैजाओस् भनेर आफुले हिजो झुटो बोलेको बताइन् । आफुले साथीलाई बचाउन नै ला गू औ ष ध प्रयोग गर्ने गरेको पनि बताइन् । साथीहरु आफुसंग आएर रोएका कारण उनीहरुलाई बचाउन झुटो बोलेको पनि बताइन् । रेविकाले आफुलाई ६ जना साथी मिलेर गरेको बताइन् ।

Related Articles

Back to top button
Close