News

आइतबार बढेको सुन चाँदीको मुल्य आज कति ?

आज नेपाली बजारमा सुनको मुल्य स्थीर रहेको छ । हिजो आइतबार बढेको सुनको मुल्य आज स्थीर रहेको हो । आज सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको जनाइएको छ भने चाँदीको मूल्य पनि परिवर्तन नभई प्रतितोला ८ सय ८० रुपैयामा कारोबार भइहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुस

धार्मिक पर्यटनका लागि महत्वपूर्ण मानिएको दोलखाको भीमसेन मन्दिरमा व्यापारीको इष्टदेवताको रूपमा पूजा हुँदै आएको छ । काठमाडौँबाट करीब १४० किलोमिटर टाढा रहेको दोलखाको सदरमुकाम चरिकोटबाट चार किलोमिटर पूर्वतर्फ रहेको सो मन्दिरमा पूजा गरेमा व्यवासायिक रुपमा सफलता प्राप्त गर्ने मान्यता छ । प्राचीन समयमा व्यापार गर्दा वन्यजन्तु, चोर डाकाको डर हुने हुँदा भीमसेनलाई स्मरण गरेमा भयमुक्त हुने जनविश्वास छ ।

व्यवसाय गर्दा बाधा, अवरोध, विभिन्न प्रकारका सङ्कटबाटमुक्त भई व्यवसाय सञ्चालन गरेमा नाफा प्राप्त हुने आशाकासाथ व्यापारीले भीमसेनलाई इष्टदेवको रूपमा मानेका हुन् । सर्वसाधारणले भीमसेनको सामान्यदेखि ठूला ठूला पञ्चबलिका पूजासमेत गर्ने गरेका छन् । शिवशक्तिको रूपमा उक्त मन्दिरमा भैरव, भीमेश्वर, भीमसेनको पूजा गर्ने प्रचलन छ ।

शिवलाई महादेवका अर्को नामले चिनिन्छ भने भीमसेनलाई भैरवको रूपमा पशुबलिसमेत दिइन्छ । भीमसेन मूर्तिमा शिवशक्तिको रुपमा रुद्रीपूजासमेत गरिन्छ भने मनोकाङ्क्षा पूरा हुने विश्वासले बलि दिइन्छ । दोलखा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेकाअनुसार प्राचीन मन्दिर धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण रहेकाले यसको ऐतिहासिक पक्षलाई संरक्षण गर्न र आसापास क्षेत्रमा पूर्वाधार विकासका लागि प्रयास भइरहेको बताए ।

भीमेश्वर नगरपालिकामा रहेको भीमसेनको मूर्ति कहिले कसरी स्थापना गरिएको हो भन्नेबारे प्रष्ट आधार फेला परेको छैन् । किराँतकालीन समयमा स्थापना भएको अनुमान गरिएको छ । चिटिक्क परेको उक्त मूर्ति चिल्लो खरीको प्रस्तरबाट बनेकाले आकर्षित देखिन्छ । यसको विशेषता भनेको मुलुकमा विपत् आउन लागेको समयमा पूर्व सूचनाका रुपमा लिइएको छ । मूर्तिमा पसिना आएपछि विशेष प्रकारको पूजा गर्ने परम्परा छ ।

Related Articles

Back to top button
Close