News

प्याज बैंकमा राखेर बैंकले लोन दिन थालेपछी देशभरी खैलाबैला

एजेन्सी। छिमेकी देश भारतको वाराणसीमा प्याज धरौटी राखेर बैंकबाट लोन लिइएको घ’टनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । वास्तवमा यो समाजवादी पार्टी (सपा)का कार्यकर्ताहरूले बीजेपीको सरकारलाई गरेको व्यंग्य थियो । नेपालमा मात्र नभएर भारतमा पनि प्याजको मूल्य अत्याधिक भएकाले भारतमा पनि सरकारको वि’रो’ध भइरहेको छ ।

मुलायमसिंह यादव अध्यक्ष रहेको समाजवादी पार्टीले सरकारको वि’रोध गर्न अनौठो तरिका अपनायो । प्याज धरौटी राखेर बैंकबाट लोन लिनेहरूको आधारकार्ड पनि जम्मा गरिएको थियो ।सरकारको सांकेतिक वि’रोध गरिरहेका समाजवादी पार्टीका एक कार्यकर्ताले भने, ‘प्याजको मूल्य यति धेरै भयो कि, प्याजलाई भान्सामा होइन बैंकमा राख्नुपर्ने भयो ।’ प्याज मात्र नभएर उनीहरूले दाल र आँटा पनि धरौटी राखेर बैंकबाट लोन लिएका थिए ।

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्माको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

Related Articles

Back to top button
Close