Video

एकै महिनामा दुई अभिनेत्रीको विवाह, जान्नुहोस् कसको कुन दिन जुर्‍याे लगन

सेलिब्रेटीको हरेक सानो बिषयको चासो दर्शकमाझ सधै रहने गर्दछ। यहि चासोको बिचमा नेपाली चलचित्रका दुई चर्चित अभिनेत्री विवाहको तयारीमा रहेका छन्। फागुन महिनामा दुई अभिनेत्री आफ्नो प्रेमजीवनमाई विवाहको नाम दिने तयारीमा रहेका छन्। डेढ बर्ष अगाडी नै इन्गेजमेन्ट गरिसकेकी प्रियंका कार्की यहि बर्षको फागुनमा विवाह बन्धनमा बाधिने पक्का भैसकेको छ। फागुन १७ गतेको डेट मिडियामा सार्वजनिक भएपनि उनले यो कुराको पुष्टि गरेकी छैनन्। उनि अभिनेता आयुष्मान देशराज जोशी संग विवाह गर्ने तयारीमा रहेकी छिन्।

त्यस्तै अर्की अभिनेत्री आंचल शर्मा पनि यहि बर्षको फागुनमा विवाह गर्ने तयारीमा रहेकी छिन्। फागुनको अन्तिमसात विवाह बन्धनमा बाधिने बताईएपनि उनको पनि विवाह मिति भने सार्वजनिक गरिएको छैन। उनि प्रेमी उदिप श्रेष्ठसगं विवाह गर्ने तयारीमा रहेकी छिन्। दुवै अभिनेत्री विवाहको लागि तयार छन्। तर दुवैले आफ्नो विवाहको मिति भने अफिसियल रुपमा सार्वजनिक गरेका छैनन्।

Related Articles

Back to top button
Close