News

आज फेरि बढ्यो सुनको भाउ, चाँदीको घट्यो

काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ ।

गत शुक्रबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

Related Articles

Back to top button
Close