News

बालिका जन्मँदै ‘गर्भवती’, अचम्म परे चिकित्सक

काठमाडौं । यो घ टना पाँच लाखमा एउटा मात्र हुन्छ । त्यस्तै निकै दुर्लभ अवस्थामा एउटा शिशु जन्मेको छ । जसको जन्मने बित्तिकै शल्यकृया गर्नुपरेको छ । कोलम्बियामा भएको यो घ टनाले अहिले संसारको ध्यान तानेको छ । आमाको पेटवाट एउटा यस्तो नवजात शिशु शल्यकृया गरेर निकालियो जसको पेटमा पनि अर्को बच्चा हुर्किरहेको थियो । त्यो नवजात शिशुको जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्न ‘इमर्जेन्सी सी–सेक्सन’ गर्नुपरेको छ ।

बालिका इत्जमाराकी आमाकी आमा मोनिका भेगा नाम गरेकी ति महिलाको पेट भित्र रहेको नवजात शिशुको पेटमा पनि अर्को शिशु हुर्किरहेको थियो । आमाको पेटमा सात महिना लागिरहेकी ति जवजात शिशु गर्भवती थिइन् । जव आमाको पेटभित्रको सन्तानको पनि पेटभित्र भ्रुण भएको डाक्टरहरुले पत्ता लगाए पनि तत्काल त्यसका वारेमा निर्णय लिनुपर्ने भयो । अविकसित भ्रुण बालिकाको शरीरभित्र भेटिएपछि यस्तो अवस्था सृजना भए पछि चिकित्सक पनि अचम्म परे ।

डाक्टरले गत मार्चमा नै भेगाको शरीरभित्र दुईवटा नाल भएको पत्ता लगाएका थिए । चेकजाँचका क्रममा एउटा नालले उनी र छोरी इत्जमारालाई जोडेको थियो भने अर्को नालले इत्जमारा र उनको परजीवी जुम्ल्याहालाई जोडेको भेटियो । उक्त परजीवी जुम्ल्याहा बढ्न सक्ने र यसले इत्जमाराको अंगमा क्षती पुर्याउने संभावना रहेकाले इत्जमाराको शल्यक्रिया गर्ने निर्णय गरेको हो । भेगाको तत्काल शल्यक्रिया गरिएको थियो ।

धड्कन र मस्तिष्क नभएको उक्त भ्रुण निकाल्न इत्जमाराको जन्मिएको भोलिपल्टै शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि इत्जमाराको स्वास्थ्यमा सुधार आइरहेको बताइएको छ । भ्रुणभित्र अर्को भ्रुण हुने घ टना अत्यन्तै विरलै हुने घ टना हो । युएस नेशनल अफ हेल्थ रिपोर्टिङका अनुसार यो घ टना पाँच लाख जन्ममा एकजनामा देखा पर्नसक्छ ।

Related Articles

Back to top button
Close