News

अब भ्रष्टाचारीकाे भागाभाग हुन्छ : प्रधानमन्त्री

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्र’ष्टाचारी जो सुकै भएपनि का’र्वाही गर्ने बताएका छन्। प्रधानमन्त्रीले अहिलेको सरकारले अब वास्तवमै भ्र’ष्टचार न्यूनिकरणको रणनीति लिएको बताए। सशस्त्र प्रहरीको १८ औं वार्षिकोत्सबका अवसर मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार म गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं यसले वास्तवमै भ्रष्टचार रोक्नेछ।

अब सरकारले देखा वटीमा होइन, वास्तवमै भ्र’ष्टाचार नियन्त्रण गछौं सबै ढुक्क भए हुन्छ प्रधानमन्त्री ओलीले भने।’ यस अघि नियन्त्रण गर्ने निकायले नै शक्तिको आडमा आफैँ भ्र’ष्टाचार गर्ने पाइएकाले नेपालमा भ्र’ष्टचार निक्कै ठूलो समस्या भएकाले अब त्यस्ता निकाय र पदमा आसिनहरुलाई पनि छोड्ने छैनौँ। पहिलेको जस्तो चर्चामा आउन देखावटी रुपमा काम नगर्ने भन्दै ओलीले सरकारले भ्र’ष्टाचारको अन्त्य गर्न एक्सन लिन थालिसकेको बताए।

सोही अवसरमा प्रधानमन्त्री ओलीले अहिले ल’डाइ र द्व’न्द्व सकिए पनि फेरि केहीले निम्त्याउन खोजेको भन्दै सरकारले त्यस्तो हुन नदिने बताएका थिए। बरु अहिले सरकारले द्व’न्द्वका घा’उमा मलमपट्टी लगाउने काम गर्ने बताए । कार्यक्रममा प्रधान मन्त्री ओलीले गणतन्त्र प्राप्तिको कठिन र उपलधीपूर्ण, उदाहरणीय र अनुकरणीय यात्रा पार गरेकोसमेत बताए । डावस बैठकमा पनि आफूले नेपालमा सुन्दरता मात्र नभइ उर्वर भूगोग, गौरवपूर्ण इतिहास र पूर्खाको ब’लिदानि भएको उल्लेख गर्दै लगानीका लागि आव्हान गरेको उल्लेख गरे।

Related Articles

Back to top button
Close