News

अमेरिका विरुद्ध सन्दीपले लिए १७ हजार ६ सय ९६ रुपैयाँ बराबरको दुई विकेट !

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणका लागि १७ हजार ६ सय ९६ रुपैयाँ सहयोग गर्ने पक्का भएको छ ।

लामिछानेले आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बुधबारदेखि शुरु हुने आईसीसी विश्व लिग २ मा एक विकेट बराबर सगरमाथाको उचाइ बराबरको रकम रंगशालाका लागि सहयोग गर्ने जनाएका थिए । अर्थात प्रतिविकेट उनले ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने उल्लेख गरेका थिए ।

यसैबीच अमेरिका विरुद्ध शनिवार(आज) जारी खेलमा सन्दीपले दुई विकेट लिइसकेका छन् । यसहिसावमा उनले १७ हजार ६ सय ९६ रुपैयाँ सहयोग गर्ने पक्का भएको हो । उनले थप विकेट लिए रकम थप हुने छ ।ओमान विरुद्धको पहिलो खेलमा भने सन्दीपले कुनै विकेट लिएका थिएनन् ।

Related Articles

Back to top button
Close