News

एकाबिहानै भुकम्पको धक्का

बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिवार बिहानै लगातार दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ। पहिलो धक्का बिहान ५ः१५ बजे र दोस्रो ६ः४६ बजे महसुस गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहका अनुसार पहिलो भूकम्प ३.७ रेक्टर स्केलको र दोस्रो ५.३ रेक्टर स्केलको गएको हो। पहिलो भूकम्पको केन्द्रविन्दु बझाङ र दोस्रोको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास रहेको शाहले बताइन्।

भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, अछामलगायतका जिल्लामा महसुस गरिएको छ। भूकम्पबाट कुनै क्षति भएको छैन।

Related Articles

Back to top button
Close