International

कोरोना भाइरसबिरुद्ध लड्न बिल गेट्स दम्पत्तिले दिए १० करोड अमेरिकी डलर

काठमान्डौ , कोरोना भाइरसको संक्रमण विश्वब्यापी फैलिदै गएपछि राहतका लागि विश्वकै धनी बिल गेट्सले १० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् । यो रकम भाइरसबिरुद्धको भ्याक्सिन पत्ता लगाउन, भाइरसको फैलावट रोक्न, बिरामीको पहिचान र उपचार प्रभावकारी बनाउन प्रयोग गरिने भएको छ । बिल मेलिन्दा फाउण्डेशनको तर्फबाट उक्त सहयोग प्रदान गरिने भएको हो ।मेलिन्डा गेट्स बिल गेट्सकी पत्नी हुन् । उनीहरुले बिहे गरेको पनि २५ वर्ष भइसकेको छ । यि दम्पत्ती विगत २५ वर्षदेखि हरेक राति भाँडा माझ्दै आइरहेका छन् ।

धेरैले सोच्छन् धनि व्यक्तिहरुको जीवनल निकै तामझामका साथ बित्छ । उनीहरुले केही काम गर्दैनन् । घरमा काम गर्नेहरु प्रशस्तै हुन्छन् । प्रशस्तै आराम मिल्छ भन्नेहरुको लागि यो जोडी यस्तो उदाहरण बनेको छ । जसले आम मानिसले झै साधरण जीवन बिताएका छन् । उनीहरु प्रायः आफ्नो खाना आफै बनाउँछन् अनि सँगै भाँडा माझ्छन् ।मेलिन्डा पति पत्नीको काम बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छिन् । यसले परिवारमा खुसी छाउने उनको भनाई छ । सन् १९८७ मा मेलिन्डा बिल गेट्सकै कम्पनी माइक्रोसफ्टमा काम गर्दा उनीहरुको भेट भएको थियो । काम गर्दा गर्दै नजिक भएका उनीहरुले सन् १९९४ मा बिहे गरेका थिए ।

Related Articles

Back to top button
Close