News

‘प्रेमगीत ३’ को गीतमा टिकटक बनाएर स्कुटर र मोबाइल जित्नुहोस्

काठमाडौं, २४ माघ / बहु प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को पहिलो गीत ‘हात्ती ढुङ्गामा’ गीत युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ । निर्माण टिमले चलचित्रको प्रमोसनका रूपमा पहिलो गीत मंगलबार सार्वजनिक गरेको हो । रिलिजको २ दिनभित्रै सो गीत ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको हो ।

पछिल्लो समय निकैनै लोकप्रिय बनेको टिकटक एपमा भिडियो बनाएर पुरस्कार जित्नुहोस् । “हाती ढुङ्गामा” बोलको गीतमा उत्कृष्ट टिकटक भिडियो बनाउने एक जनालाई स्कुटर र ३ जनालाई मोबाइल पुरस्कार दिने निर्माता सन्तोष सेनले फेसबुक मार्फत जानकारी दिएका छन् ।

यसरी बनाउनुहोस् भिडियो

मेलिना राई र सागर आलेको स्वर रहेको गीतमा हर्कबहादुर साउदको शब्द रचना रहेको छ । भने कविराज गहतराजको कोरियोग्राफी र कल्याण सिंहले संगीत भरेका हुन् । गीत नेपाल पर्यटकीय क्षेत्र मनाङमा खिचिएको छ ।

दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित चलचित्र ‘प्रेम गीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङसँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत लगायतका कलाकारको अभिनय रहेको छ । सन्तोष सेनले निर्माण गरेको यो चलचित्र चैत २८ गते रिलिज हुनेछ । निर्देशनमा सेन स्वयं र छेतेन गुरुङ रहेका छन् ।

Related Articles

Back to top button
Close